सुशान्त आत्महत्या केसमा रियाका भाई शोविक र मिराण्डा पक्राउ
- बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा अनुसन्धान भैरहेको छ । यसैक्रमम सुशान्तकी प्रेमिका बलिउड नायिका रिया चक्रवर्तीका भाईसहित दुई जनाएको पक्राउ परेका छन् ।
यसैबीच सुशान्त सिंह राजपूत आत्महत्या केसमा ड्रग्स कनेक्शन बारे नयाँ खुलासा भएपछि ड्रग्स कनेक्सनमा सुशान्तकी गर्लफ्रेण्ड तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीका भाई शोविक चक्रवर्ती र सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डालाई गिरफ्तार गरिएको छ ।
उनीहरुलाई बेलुका शोधपुछ पछि एनसीबीले पक्राउ गरेको हो । उनीहरु दुबैलाई ड्रग्स कनेक्शनमा सामेल भएको बताइएको छ । रिया र उनका भाईबीच ह्वाट्सएपमा ड्रग्सबारे भएको कुराकानीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
उनको आत्महत्या केसको बारेमा अनुसन्धान भईरहेको छ । सुशान्तले गत १४ जूनमा बान्द्रा स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
२० भदौ २०७७, शनिवार १०:४३ बजे प्रकाशित































