punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रिपरिषद्को बैठक बस्दै, वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

मन्त्रिपरिषद् बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएकाे छ।

बिहीबार बालुवाटारमा बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको राष्ट्रियसभाको एक पदमा गौतमलाई मनोनितका लागि मन्त्रिपरिषद्ले सिफारिस गर्न लागेको जानकारी गराएका थिए।

मन्त्रिपरिषद्ले सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्नेछिन्।

२०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए। गौतम ३३ महिनापछि पुनः सांसद बन्न लागेका हुन्। बर्दियाबाट पराजित भएका गौतमले पटक–पटक सांसद बन्ने प्रयास गरेका थिए।

गतवर्ष १४ फागुनमा बसेको नेकपाको सचिवालय बैठकले २० फागुनमा रिक्त हुन लागेको अहिलेका अर्थमन्त्री डा युवराज खतिवडाको स्थानमा उनलाई लैजाने निर्णय गरेको थियो।

तर, त्यसमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष सहमत नभएपछि उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन्।

६ महिनापछि सचिवालयको बैठकले गौतमलाई नै पठाउने निर्णय गरेको र प्रधानमन्त्री पनि तयार भएपछि गौतम सांसद बन्न लागेका हुन्।

आज बस्ने मन्त्रिपरिषद्को बैठक अर्थमन्त्री डा खतिवडाका लागि भने अन्तिम बैठक हुनेछ।

२० फागुनमा उनको सांसदको कार्यकाल सकिएपछि मन्त्रीबाट राजीनामा दिएका थिए।

पुनः २१ फागुनमा प्रधानमन्त्रीले उनलाई अर्थमन्त्री नियुक्त गरेका थिए। संविधान अनुसार संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री बन्न पाउछ तर, ६ महिना भित्रमा संसदको सदस्य भइसक्नुपर्ने हुन्छ।

अन्तिमसम्म पनि प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रिय सभा सदस्य बनाएर निरन्तरता दिन चाहेका थिए। सचिवालयमा बहुमत सदस्यहरुले नै गौमतलाई नै पठाउनुपर्ने धारणा राखेपछि ओली पनि त्यसमा सहमत भएका हुन।

आजको मन्त्रिपरिषद्को बैठकमा खतिवडालाई अहिलेसम्म गरेका काम कारबाहीको समीक्षात्मक टिप्पणीका लागि विशेष समय दिने प्रधानमन्त्रीको तयारी छ।

 


१९ भदौ २०७७, शुक्रवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु