punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंमा निषेधाज्ञा थप एक साता लम्बियो

Chaupati
safha napa

काठमाडौंमा निषेधाज्ञा थप एक साता लम्बिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँग छलफल गरेर निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइने जनाइएको छ । औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा कुनै बाधा हुनेछैन । तर, होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् ।

बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।


१७ भदौ २०७७, बुधवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु