थप १२ जना कोरोना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। १२ जनामध्ये ६ जना पुरुष र ६ जना महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृतक संख्या २ सय ५१ पुगेको बताए। मृत्युदर ०.६ प्रतिशत पुगेको उनले बताए। काठमाडौं उपत्यकामा बुधवार ५ जनाको कोभिड १९ संक्रमणका कारण निधन भएको छ।
काठमाडौंका ८९ र ललितपुरका ७० वर्षीया महिलाको मृत्यु भएको हो। यस्तै भक्तपुरको ४० वर्षका, काठमाडौंका ७० र ७५ वर्षका पुरुषको संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी चितवनका ५५ र १८ वर्षका महिलाको संक्रमणका कारण निधन भएको बताए।
यस्तै, संक्रमणका कारण मृत्यु हुने पुरुषहरुमा बाराका ९७ वर्षका पुरुष र चितवनका ६५ वर्षका पुरुष छन्। धादिङ ४७ वर्षका पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
१७ भदौ २०७७, बुधवार १७:३३ बजे प्रकाशित































