punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जमैकाको तेस्रो जित, सन्दीपले लिए दुई विकेट

Chaupati
safha napa

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैला तलाबाजले टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित हात पारेको छ ।

क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा शनिबार राति सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गर्दै जमैकाले तेस्रो जित हात निकालेको हो । ट्रीनिडाड एन्ड टोबेगोमा भएको खेलमा जमैकाले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको प्याट्रियट्स १ सय १० रनमा समेटियो । दोस्रो जितको खोजीमा रहेको प्याट्रियट्स १९ ओभर ४ बलमा पुरै विकेट गुमायो ।

प्याट्रियट्सका किरन पावेल र एभिन लुइसले समान २१र२१ रन बनाउनु बाहेक अन्य खेलाडीले खुलेर खेल्न सकेनन् । प्याट्रियट्सलाई सस्तैमा समेट्न कार्लोस ब्रेथवेटले ३ विकेट हात पारे । यस्तै, सन्दीप लामिछाने, भिरासमी पर्मौल र फिल्ड इड्वार्ड्सले समान २–२ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका ग्लेन फ्लिप्सले सर्वाधिक ७९ रनको अर्धशतकीय पाली खेले । यस्तै, जर्मेन ब्ल्याक्वुडले २७, नरुम बोन्नरले १६ तथा आशिफ अलीले १४ रनको योगदान गरे । प्याट्रियट्सका रयाद इम्रिटले ३ विकेट हात पारे ।

जितसंगै जमैकाले ६ खेलमा ३ जित हात पारेको छ । जमैका अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यता, प्याट्रियट्स भने ६ खेलमा १ मात्र जित सहित तालिकाको पुछारमा यथावत छ ।

नेपालका ग्लोबल आइकन सन्दीप जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ६ खेलमा ९ विकेट लिन सफल छन् । उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको छैठौं स्थानमा छन् ।

 


१४ भदौ २०७७, आइतवार ०९:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु