विश्वमा सबैभन्दा पहिले कोरोना पुष्टि गर्ने डाक्टर निलम्बन
विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने चीनका डाक्टर निलम्बित भएका छन् ।
वुहान सेन्ट्रल हस्पिटलका प्रमुख चाई लीलाई पदबाट निलम्बन गरिएको काइसिन वेबसाइट जनाएको छ।
चीनका स्वतन्त्र सञ्चारमाध्यमका अनुसार कोरोना महामारी सुरुवातका बेला चीनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका कारण उनलाई निलम्बन गरिएको हो।
गत फेब्रुअरीमा त्यही अस्पतालका नेत्र विशेषज्ञ डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो। जसले डिसेम्बर ३० तारिखमा आफ्ना सहकर्मीसँग केही बिरामीमा सार्सजस्तो भाइरसका लक्षण देखिएको छ भनेका थिए।
त्यसपछि स्थानीय प्रहरीले भ्रम नफैलाउन चेतावनी दिँदै उनको मुख बन्द गराएको थियो। तर पछि उनले भनेकै कुरा सही साबित भयो अर्थात् कोरोना भाइरस फैलिएको प्रमाणित भयो।
१३ भदौ २०७७, शनिवार ०८:३५ बजे प्रकाशित































