न्यूरो अस्पतालमा उपचाररत कोरोना संक्रमितको निधन
विराटनगरको न्यूरो अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । साउन ३१ गते अस्पतालमा भर्ना भएका सप्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ११ बजेतिर मृत्यु भएको हो। अस्पतालका कोभिड १९ व्यवस्थापन समिति संयोजक रन्जितराज बस्नेतका अनुसार टाउकोको नशा सुकेर प्यारालाईसिसको समस्या भएका पुरुष न्यूरोको भेन्टिलेटरमा उपचाररतः रहेकै बखत भदौ ३ गते स्वाब संकलन गरिएको थियो।
उनको मृत्युपछि शव व्यवस्थापनका लागि न्यूरो अस्पताल व्यवस्थापनले जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकालाई जानकारी गराई सकेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले महोत्तरी जिल्ला प्रशासनसँग परामर्श गरेर शव व्यवस्थापनको प्रक्रिया बढाउने जानकारी दिइएको बस्नेतले बताए।
अस्पतालमा संक्रमितको मृत्युपछि उनको शव भने बेलुकै शिल प्याक गरेर राखिएको जनाएको छ।
१० भदौ २०७७, बुधवार ११:०७ बजे प्रकाशित































