होर्मुज नाकाबन्दीपछि विश्व ऊर्जा संकट गहिरिँदै : तेल आपूर्ति र व्यापारमा ठूलो जोखिम

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को निर्देशनमा अमेरिकी सेनाले हर्मुज जलमार्गमा नाकाबन्दी सुरु गरेसँगै विश्व ऊर्जा बजारमा ठूलो संकट उत्पन्न भएको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत हर्मुज क्षेत्रबाट जहाजहरूको आवागमन रोक्ने घोषणा गरेका छन्।

अमेरिकी सेनाका अनुसार इरानसँग सम्बन्धित जहाजहरूलाई कडा निगरानी र रोकथाम गरिनेछ भने अन्य गन्तव्यतर्फ जाने जहाजलाई आंशिक रूपमा अनुमति दिइनेछ।

विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने रणनीतिक मार्ग हर्मुजमा अवरोध भएपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्ने र वैश्विक अर्थतन्त्रमा अस्थिरता आउने विश्लेषण गरिएको छ।

यसअघि अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता असफल भएपछि तनाव थप चर्किएको हो। इरानले अमेरिकामाथि कडा आरोप लगाउँदै सम्झौता असफल भएको बताएको छ भने इरानी सेनाले हर्मुज क्षेत्रमा सैन्य जहाज प्रवेश गरेमा कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

विशेषज्ञहरूका अनुसार यो अवस्थाले विश्वव्यापी ऊर्जा संकट गहिरिन सक्ने र आपूर्ति शृङ्खला तथा अन्तर्राष्ट्रिय व्यापारमा दीर्घकालीन असर पार्न सक्ने देखिएको छ।


३० चैत २०८२, सोमवार ०८:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु