punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसईई नतिजा २८ वैशाखमा : ‘फास्ट ट्र्याक’ प्रणालीले परिणाम छिटो सार्वजनिक गर्ने तयारी

Chaupati
safha napa

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा २८ वैशाखमा सार्वजनिक हुने भएको छ। आइतबार परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण प्रक्रिया पनि तीव्र गतिमा सम्पन्न गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

नयाँ कार्यविधिअनुसार यसपटक ‘फास्ट ट्र्याक’ प्रणाली अपनाइएकाले परीक्षा सकिएको करिब तीन घण्टामै परीक्षण सुरु गरिएको हो। परीक्षा केन्द्रमै कापी जाँच गर्ने व्यवस्था मिलाइएकाले विगतमा जस्तो उत्तरपुस्तिका ढुवानीमा समय खर्चिनु परेन।

राष्ट्रिय परीक्षा बोर्ड का अनुसार ५ वैशाखसम्म हिमाली जिल्लाबाट उत्तरपुस्तिका संकलन गरिनेछ भने उपत्यकाका जिल्लाबाट कापीहरू बोर्डमा पुगिसकेका छन्। २० वैशाखसम्म सबै विवरण प्रणालीमा अद्यावधिक गरी प्राविधिक रुजु र प्रमाणीकरणपछि अन्तिम नतिजा प्रकाशन गरिनेछ।

शिक्षामन्त्रीको निर्देशनपछि प्रक्रिया सरल र छिटो बनाइएको हो। यसअघि तीन महिनासम्म लाग्ने नतिजा यसपटक एक महिनाभित्र सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनपछि विद्यार्थीले वेबसाइटमै सहज रूपमा आफ्नो विवरणसहित परिणाम हेर्न सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।


३० चैत २०८२, सोमवार ०८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु