फागुन ६ गते बालेन र रवि धनगढी आउने

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाह धनगढी आउने भएका छन्। धनगढीमा हुने पार्टीको चुनावी सभामा सम्बोधन गर्न पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाह धनगढी आउन लागेका हुन्।

पार्टीको चुनावी सभामा भाग लिन पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाह फागुन ६ गते धनगढी आउने तय भएको रास्वपा सुदूरपश्चिम सभापति प्रकाश विष्टले जानकारी दिए।

उनीहरूले ६ गते धनगढीमा हुने चुनावी सभालाई सम्बोधन गरेर फागुन ७ गते सुर्खेतमा हुने चुनावी सभामा भाग लिने प्रदेश सभापति विष्टले बताए।


२८ माघ २०८२, बुधवार ११:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु