सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो
धनगढी, साउन ३२ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या पाँच हजार नाघेको हो ।
सेती प्रादेशिक अस्पताल धनगढी, ह्याम्पस अस्पताल काठमाडौं र शिक्षण अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिममा आज २७ जना संक्रमित थपिएका हुन् ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २४ जना र काठमाडौंका दुई अस्पतालमा भएको परीक्षणमा तीन जनाको कोरोना संक्रमण देखिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार २१ पुगेको छ। सबैभन्दा बढी कैलालीमा एक हजार तीन सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै डडेल्धुराका तीन सय १३, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार दुई सय ७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।
३२ साउन २०७७, आइतवार १२:२९ बजे प्रकाशित






























