कोरोना संक्रमण बढ्दै : आज मात्रै ६४१ जना संक्रमित थपिए, दुईको मृत्यु
धनगढी, साउन ३२ । कोरोना भाइरस संक्रमण तीब्र बन्दै गइरहेको छ । प्रतिदिन संक्रमित थपिदै गइरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस व्रिफिङमा काठमाडौं उपत्यकाका १७२ जनासहित ६४१ जनामा संक्रमण पुष्टि भएको बताए । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए ।
उनकाअनुसार हालसम्म १७ हजार ३३५ जनाले कोरोना जितेका छन् । आज थप दुई जनाको मृत्यु भएसंगै मृतकको संख्या १०४ पुगेको मन्त्रालयले जनाएको छ ।
३२ साउन २०७७, आइतवार ११:०६ बजे प्रकाशित






























