धारानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
धरान, साउन ३२ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ ।
विराटनगरको न्युरो हस्पिटलबाट रिफर भएर ल्याइएकी विराटनगरको तीनपैनीका ५० बर्षीय महिलाको उपचारको क्रममा शनिबार राती साढे १२ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाका अनुसार ४, ५ दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरोले प्रतिष्ठान रिफर गरेको जनाएको थियो ।
उनलाई शनिबार राती साढे ११ बजे प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतक महिलालाई फोक्सोको समस्या, थैरोइडको समस्या र मुटुको उपचार दिल्लीमा भएको थियो । मृतक ति महिलाको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।
३२ साउन २०७७, आइतवार ०४:२८ बजे प्रकाशित






























