punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल प्रहरीका डीआईजीलाई कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

काठमाडौं, साउन ३२ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक जना डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० कुवेर कडायतले जानकारी दिए ।

स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा शनिबार बिहान आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको उनले बताए ।

पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचरीमा संक्रमण बढिरहेको छ । प्रहरीमा आइतबार बिहानसम्म ६२० जनामा कोरोना संक्रमण देखिएको एसएसपी कडायतले बताए ।

एसएसपी कडायतका अनुसार संक्रमितमध्ये २४० जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको कडायतले बताए ।

सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ५५ जनामा संक्रमण देखिएको छ । संक्रमित प्रहरीहरु डिस्चार्ज हुने क्रम पनि बढेको छ ।


३२ साउन २०७७, आइतवार ०७:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु