punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट भारतमा ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

Chaupati
safha napa

काठमाडौं, साउन ३२ । भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ।
वल्र्डओमिटरले सार्वजनिक गरेको आइतबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार भारतमा संक्रमणको कारण ५० हजार ८४ जनाले ज्यान गुमाइसकेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमणका कारण नौ सय ५० जनाले ज्यान गुमाएका छन्। यसबीचमा झण्डै ६४ हजार नयाँ संक्रमित थपिएका छन्। नयाँ थपिएकासँगै भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार दुई सय आठ पुगेको छ।

त्यहाँ अहिलेसम्म १८ लाख ६० हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार एक सय ४० जनाले ज्यान गुमाएका छन्। यस बीचमा दुई लाख ४७ हजार चार सय २१ जना नयाँ संक्रमित थपिएका छन्।

सबैभन्दा धेरै भारतमा भण्डै ६४ हजार, अमेरिकामा ५३ हजार भन्दा धेरै, ब्राजिलमा झण्डै ३९ हजार, कोलम्बियामा साढे ११ हजार भन्दा धेरैमा एकै दिन संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार ७१ जनाले ज्यान गुमाएका छन्। यस अबधिमा ब्राजिलमा सात सय २६, मेक्सिकोमा ६ सय १५, कोलम्बियामा तीन सय १८, रुसमा एक सय १९, दक्षिण अफ्रिकामा एक सय २०, इरानमा एक सय ६१, अर्जेन्टिनामा एक सय ६१, फिलिपिन्समा एक सय ५९ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात लाख ६७ हजार नौ सय ५६ पुगेको छ भने संक्रमितको संख्या दुई करोड १५ लाख ९२ हजार नाघेको छ।


३२ साउन २०७७, आइतवार ०२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु