punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीमती रञ्जितालाई हटाएर बुबा लालवीरलाई नाउपाको अध्यक्ष बनाउने रणनीतिमा रेशम चौधरी

Chaupati
safha napa

धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष लालवीर चौधरीलाई बनाउने प्रयास भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर लालवीर चौधरीलाई बनाउन लागिएको छ । रञ्जिता श्रेष्ठका श्रीमान् रेशम चौधरीकै योजनामा उक्त प्रयास भइरहेको छ । नाउपा नेताहरूको भनाइमा श्रीमती रञ्जितालाई हटाएर रेशमले बाबु लालवीरलाई अध्यक्ष बनाउने प्रयास गरेका हुन् ।

११ साउनमा अध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षमा शिव बास्तोलालाई जिम्मेवारी तोकेपछि विवाद उत्कर्षतिर लागेको थियो । कार्यवाहकको जिम्मा पार्टीको विधानविपरीत तोकिएको नाउपाका असन्तुष्टहरूको भनाइ छ । उनीहरूले बास्तोला पार्टीको कार्यवाहक हुने योग्यता नभएका नेता भएको आरोप लगाएका छन् । पार्टीको पदाधिकारीसमेत नभएको र संस्थापक केन्द्रीय सदस्य नभएकोले कार्यवाहकका लागि योग्य नभएको नेताहरूको आरोप छ ।

श्रेष्ठले कार्यवाहकको जिम्मेवारी बास्तोलालाई दिएपछि बहुमत केन्द्रीय सदस्यले राष्ट्रिय भेला बोलाएका छन् । बुधबारका लागि बोलाएको भेलाअघि श्रेष्ठलाई प्रष्टीकरण पनि सोधेका थिए । तर, श्रेष्ठ भने आफूले गल्ती नगरेकोले प्रष्टीकरण दिन आवश्यक नभएको तर्क गर्दै आएकी छिन् । शिलापत्रसँग श्रेष्ठले साथीहरूलाई जमघट हुन नरोकिएको तर राष्ट्रिय भेला नबोलाएको दाबी गरिन् ।

भेला बोलाउने अधिकार अन्य कसैलाई नभएको पनि उनले तर्क गरिन् ।


१४ साउन २०८२, बुधवार १६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु