punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नुवाकोटकी निर्मला धौलाकोटी एनआरएनए जापान नागोया उपाध्यक्षमा निर्विरोध निर्वाचित

Chaupati
safha napa

काठमाडौं। निर्मला धौलाकोटी गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, नागोया क्षेत्रीय समितिको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन्।

उनी २०२५–२०२७ को कार्यकालका लागि निर्वाचित भएकी हुन् र नेपाली समुदायको एकता तथा नेपाली महिलाको नेतृत्व विकासलाई प्राथमिकता दिने बताएकी छन्।

धौलाकोटी जापानमा नर्सिङ तथा केयरिङ पेसामा संलग्न छिन् र एनआरएनए तथा अन्य सामाजिक संघसंस्थामा सक्रिय रही आएकी छन्।

जापान – जापानको नागोया क्षेत्रमा बसोबास गर्दै आएकी नेपाली महिला अगुवा निर्मला धौलाकोटी गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, नागोया क्षेत्रीय समिति उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन्। २०२५–२०२७ कार्यकालका लागि उनलाई निर्वाचित गरिएको घोषणा निर्वाचन समितिले जुलाई २७ मा गरेको हो।

धौलाकोटीको जन्म नुवाकोटको लिखु गाउँपालिका–३ मा २०५४ सालमा भएको हो। पछिल्लो छ वर्षदेखि जापानको सुजुका क्षेत्रमा रहेकी उनी नर्सिङ तथा केयरिङ पेसामा संलग्न छिन्। समाजसेवा र संघ-संगठनमा सक्रिय रहँदै आएकी उनी २०२३–२०२५ मा एनआरएनए जापान, नागोया क्षेत्रीय समिति सदस्यका रूपमा कार्यरत थिइन्। साथै, उनी सन् २०२४ देखि ग्लोबल फोरम जापानकी सदस्य समेत हुन्।

धौलाकोटी उपाध्यक्ष पदका लागि एकमात्र उम्मेदवार भएकाले निर्विरोध निर्वाचित भएकी हुन्। निर्वाचित भएपछि उनले नेपाली समुदायबीचको सम्बन्ध बलियो बनाउने र नेपाली महिलालाई नेतृत्वमा ल्याउने आफ्नो प्राथमिकता रहेको प्रतिबद्धता जनाएकी छन्।

एनआरएनए जापान, नागोया क्षेत्रीय समितिले जापानमा बसोबास गर्ने नेपालीका लागि विभिन्न सामाजिक, साँस्कृतिक र परामर्शमूलक कार्यक्रम गर्दै आएको छ। धौलाकोटीको नेतृत्वमा समुदाय–हितमा आधारित कार्यक्रमलाई थप गति मिल्ने अपेक्षा गरिएको छ।

 


१३ साउन २०८२, मंगलवार १७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु