धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी, साउन २९ । धनगढी–अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
से ६ प ३३८९ नम्बरको मोटरसाइकल गेटा मेडिकल कलेज जाने बाटो नजिक दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ का खेम साकीको मृत्यु भएको हो ।
उक्त घटना राति नै घटेको हुन सक्ने ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टले बताए । उनकाअनुसार आज बिहान सडकबाट करिब २० मिटर तल मोटरसाइकल र शव फेला परेको हो ।
२९ साउन २०७७, बिहीवार ०७:०८ बजे प्रकाशित































