punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराको डकलेमा बसपार्क निर्माणको शिलान्यास

Chaupati
safha napa

धनगढी। डडेल्धुराको डकलेमा बसपा निर्माणको शिलान्यास गरिएको छ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–८ डकलेमा बन्ने बसपार्कको शनिवार शिलान्यास गरिएको हो।

अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बसपार्कको शिलान्यास गरेका छन्। सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले १० करोड ३० लाख १६ हजार रुपियाँको लागतमा व्यवस्थित बसपार्क निर्माण सुरु गरेको हो। इन्जिनियर दिपक ओझाले मालिका–कालिका–युपि जेभीले बसपार्क निमार्णको जिम्मा पाएको बताएका छन्।

निर्माण कम्पनीसँग २०८१ जेठ ३२ मा ठेक्का सम्झौता भएको थियो। १७ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको हो। २०६७ सालमै डकलेमा बसपार्क निर्माणको थालनी गरिएको थियो। तर, काम अघि बढ्न सकेको थिएन।

बसपार्क निर्माण गरिने डकलेको सरौलीका घाणा सामुदायिक वनको वातावरणीय प्रभाव मूल्याङ्कन नगरेरै बोलपत्र आह्वान गरिएपछि निर्माण कम्पनीसँग ठेक्का सम्झौता हुन सकेको थिएन। यस कारण ठेक्का आह्वान भए पनि बसपार्क निर्माणको कामले गति लिन सकेको थिएन।

अमरगढी नगरपालिकाका नगर प्रमुख जोशीले गत चैत महिनाको दोस्रो साता बसपार्क निर्माण क्षेत्रमा पर्ने रुख कटानी बाफत क्षतिपूर्तिको झण्डै एक करोड ११ लाख रकम नेपाल सरकारको वन विकास कोषमा जमा गरेपछि रुख कटान गरिएको बताए। रुख कटानको काम सकिएपछि निर्माण कम्पनीले बसपार्क निर्माणको काम सुरु गरेको हो।

डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीले २०७९ साल जेठ महिनामा १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पार्दै ठेक्का आह्वान गरेको थियो। ठेक्का आह्वानपछि घटाघटमा भ्याटसहित साढे १३ करोडमा ठेक्का स्वीकृत भएको हो।

बसपार्क निर्माणका लागि सामुदायिक वनले २०७३ सालमै सहमति दिएको थियो। ४० रोपनी जग्गामा बसपार्कसँगै सपिङ्ग कम्पलेक्स, टर्मिनल भवन, पार्किङ्ग, टिकट काउन्टर, शौचालय लगायतका संरचना निर्माणको योजना रहेको छ।

डकले बसपार्क निर्माणका लागि आर्थिक वर्ष २०७३÷०७४ मा सहरी विकास तथा भवन डिभिजन कार्यालय राजपुर डोटीको ६० लाख रुपियाँ खर्च गरिएको थियो। डडेल्धुरा र बैतडी जोड्ने महाकाली राजमार्ग छेउ बसपार्क निर्माणका लागि तत्कालीन अवस्थामा पर्खालहरू निर्माण गरिएका थिए। त्यस यताका केही वर्षहरूमा बजेट अभावका कारण डकलेमा निर्माण सुरु थालिएको बसपार्क अलपत्र परेको थियो।


८ असार २०८२, आइतवार १३:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु