punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकारिता एक मर्यादित पेशा हो : मुख्यमन्त्री शाह

Chaupati
safha napa

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकारितालाई मर्यादित र इज्जतको पेशा मानी ढुक्कसँग कलम चलाउन  आग्रह गर्नुभएको छ।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित महिला पत्रकारहरूका लागि प्रदेश स्तरीय २ दिने तालिमको उद्घाटन गर्दै उहाँले पत्रकारहरू विभिन्न चुनौती पार गर्दै अघि बढेको उल्लेख गर्नुभयो। “पत्रकारहरू थुप्रै चुनौती पार गर्दै आइरहेका छन्,” उहाँले भन्नुभयो, “त्यसबीच पनि धेरैले पत्रकारिता रोजेका छन्। त्यसैले उनीहरूलाई पत्रकारिता इज्जतको पेशा हो भन्ने अनुभूति दिलाउनु जरुरी छ।”

मुख्यमन्त्री शाहले सीमित स्रोत र साधनका बाबजुद आ.व. २०८२/०८३ मा सञ्चार क्षेत्रका १० विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

मुख्यमन्त्री शाहले दशरथ चन्द स्मृति पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना,पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम,आम सञ्चार तथा पत्रकारिता क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि, राष्ट्रिय समाचार समितिको भवन निर्माण,नेपाल टेलिभिजनको स्टुडियो निर्माण,नेपाल पत्रकार महासंघ कञ्चनपुर र डडेलधुराको भवन निर्माण, लोक कल्याणकारी विज्ञापन कार्यक्रम,विपद्, मानव अधिकार र आम सञ्चारसम्बन्धी अध्ययन अनुसन्धानका लागि इन्टर्न विद्यार्थी परिचालन,संचारकर्मीका लागि संयुक्त आवास गृह निर्माणलगायतका दश शिर्षकमा बजेट विनियोजन गरेको बताउनु भयो ।


६ असार २०८२, शुक्रवार १४:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु