punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका किसानको मकै फौजी किरा नष्ट गर्दै, विषादी अभाव

Chaupati
safha napa

बैतडी। बैतडीको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराकोे समस्या देखिएपछि किसान चिन्तित भएका छन्।

कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी किराले मकैबाली नष्ट गर्न थालेको छ। उनले मकै बालीमा किराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए। केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ। हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ।

किराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार –७ का दीपेन्द्र कार्कीले बताए। उनले भने, “फौजी किराले मकैबाली सखाप पारेको छ। उत्पादनमै कमी हुने देखिन्छ।” लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो।

दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टले बताए। उनले भने, “फौजी किरा देखिएका स्थानका किसानलाई हामीले विषादी छर्किन सुझाव दिएका छौँ।” मकैको पकेट क्षेत्रमा नै किराले नोक्सान गरेको छ। पाँच वर्षयता हरेक वर्ष फौजी किराको समस्या देखिने गरेको छ। बैतडीमा १३ हजार हेक्टर क्षेत्रमा मकै खेती गरिँदै आएको छ।रासस


८ असार २०८२, आइतवार १३:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु