punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाम पुगेर भिम रावललाई प्रचण्डले भने, समय खेर नफाल्नुस्, माओवादीसँग आउनुस्

Chaupati
safha napa

अछाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेबाट निष्कासित नेता भीम रावललाई माओवादीसँग सहकार्यमा आउन आग्रह गरेका छन्। शनिवार रावलको गृह जिल्ला अछाम पुगेर दाहालले यस्तो आग्रह गरेका हुन्।

‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ,’ दाहालले भने, ‘उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो। उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो।’

आफूले रावललाई ‘किन भौँतारिई रहनुभएको छ?’ भनेर प्रश्न गरेको पनि दाहालले बताए। उनले भने, ‘मैले तपाई किन अरू ठाउँ भौँतारिई रहनुभएको छ। आउनुस् हामी बसेर कुरा गरौँ, सहकार्य गरौँ भने।’
जो सँग कुरा गर्नुपर्ने हो त्यो सँग कुरा नगरेर समय खेर फालेको पनि बताएको अध्यक्ष दाहालले बताए। ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,’ उनले भने ।


३ जेठ २०८२, शनिवार १८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु