punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरियामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी साउँदको मृत्यु

Chaupati
safha napa

बैतडी।मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैतडीकी ३० बर्षीया हरु साउँदको मृत्यु भएको छ। बैतडीको शिवनाथ गाउँपालिका–४ कुङेफाँटा घर भएकी साउँदलाई कैलालीको अत्तरियामा वैशाख २३ गते मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी साउँदको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको स्थानीय दशरथ चाडले बताए।

बच्चाहरुलाई पढाउनका लागि यही वैशाख २३ गते घरबाट अत्तरीया आएकी साउँदलाई सोही दिन साँझ मोटरसाइकलले ठक्कर दिएको थियो। मृतक साउँदका दुई छोरा रहेका छन्। मृतक साउँदका श्रीमान हिक्मत साउँद रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको र आइतवार मात्रै नेपाल आइपुगेको चाडले बताए।
साउँदलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो। बालबच्चा पढाउनका लागि अत्तरिया पुगेकी साउँदको निधन भएपछि घरपरिवारको विचल्ली भएको छ।


२९ वैशाख २०८२, सोमवार १४:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु