punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम विश्वविद्यालयका भवनकाे चार करोड १२ लाख भुक्तानी दिन बाँकी

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनसहितको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्।

निर्माण व्यवसायी, संघ कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो। विश्वविद्यालयले निर्माण व्यवसायीको चार करोड १२ लाख भुक्तानी नदिएको भन्दै उनीहरूले तालाबन्दीको चेतावनी दिएका छन्।

निर्माण व्यवसायी संघको कार्यालयमा आइतवार पत्रकार सम्मेलन गर्दै संघले सात दिनको अल्टिमेटम दिएका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित बाँकी कार्यालयहरूमा तालाबन्दी गर्ने चेतावनी निर्माण व्यवसायीहरूको छ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले नयाँ रजिस्ट्रार नियुक्त भएपछि छिटो भुक्तानी दिने आश्वासन दिएकाले सात दिनपछि तालाबन्दी गरिने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए। विश्वविद्यालयसँग भुक्तानीका लागि पटक–पटक आग्रह गर्दै आएको भएपनि आलटाल गरिएको गुनासो निर्माण व्यवसायीहरूको छ। विश्वविद्यालयले मार्कामा पार्ने काम गरेको अध्यक्ष भट्टले बताए।

विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन, व्यवस्थापन संकाय र इन्जिनियरिङ संकाय भवन निर्माणको भुक्तानी दिन बाँकी छ। विश्वविद्यालयले इन्जिनियरिङ संकाय एमके बिल्डर्सलाई एक करोड २० लाख, केन्द्रीय कार्यालय भवन निर्माणको कुमार अमृत जेभीलाइ एक करोड ४५ लाख र व्यवस्थापन संकाय भवन निर्माण प्रशंसा कन्स्ट्रक्सनलाई एक करोड ४७ लाख भुक्तानी दिन बाँकी छ।

उनीहरूले व्यवसायीलाई चौतर्फी मारमा पार्ने कार्य हुँदै आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। संघले यस अघि गत साउनमा भुक्तानी नपाएपछि केही सरकारी कार्यालयमा तालाबन्दी गरेको थियो।


८ वैशाख २०८२, सोमवार १२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु