punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कमलबजार विमानस्थलमा तारा एयरलाइन्सको पहिलो व्यावसायिक उडान

Chaupati
safha napa

अछाम। अछामको कमलबजार विमानस्थलमा तारा एयरलाइन्सले पहिलो पटक व्यवसायीक उडान गरेको छ।
आईतवार एक औपचारीक कार्यक्रमका बिच एयरलाइन्सले पहिलो पटक व्यवसायीक उडान सुरु गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुणकुमार चौधरीले एक कार्यक्रममार्फत विमानस्थलमा पहिलो पटक व्यावसायिक उडानको उद्घाटन गरेका छन। कार्यक्रमा बोल्दै मन्त्री चौधरीले कमलबजार विमानस्थलको कालोपत्रे गर्न र नियमित उडान गर्न भरपुर प्रयास गर्ने बताए।

उनले तारा एयरलाइन्सको व्यावसायिक उडान सुरु भएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज–नेपालगन्ज कमलबजार कनेक्टिङ फलाईटमार्फत व्यवसायीक उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी कृष्ण कुमार शाहले जानकारी दिए।

यसअघि फाल्गुन २५ गतेदेखि नियमित उडान हुने भनिएता पनि सो दिन प्रतिकुल मौसमका कारण पहिलो उडान अवरुद्ध भएको थियो। निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो।


८ वैशाख २०८२, सोमवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु