punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा चट्याङ र हावाहुरीले विद्युत् लाइनमा क्षति

Chaupati
safha napa

धनगढी। हावाहुरी र पानीसँगै परेको चट्याङले बझाङको खोड्पे–बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति पु¥याएको छ।

बुधवार साँझ आएका चट्याङले बित्थडचिर गाउँपालिकाको सुनकुडा र स्याँडीमा प्रसारण लाइनमा क्षति पु¥याउँदा जिल्लामा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो।

बुधवार साँझदेखि विद्युत् अवरुद्ध भएपछि स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्। दैनिक जीवन प्रभावित हुनुका साथै सरकारी तथा निजी कार्यालय, अस्पताल, सञ्चार माध्यम र अन्य सेवा प्रदायक संस्थाहरू समेत प्रभावित भएका छन्। विद्युत् आपूर्ति पुनः सुचारु गर्नका लागि बझाङको चैनपुर र बाग्थला वितरण केन्द्रका प्राविधिक तथा कर्मचारीहरू खटिएको नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ।

मर्मत कार्य भइरहेको र यथाशक्य चाँडो विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जानकारी दिएको छ।


२८ चैत २०८१, बिहीवार १०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु