punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा काम अलपत्र पार्ने १० कम्पनीको नाम पत्रिकामा सार्वजनिक

Chaupati
safha napa

धनगढी। पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माणको काम अलपत्र पार्ने र ठेक्का निर्माण कार्यको प्रगति सन्तोषजनक नभएका १० निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दै स्पष्टीकरण सोधेको छ।

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले काम नगर्ने १० निर्माण कम्पनीहरूलाई राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै किन ठेक्का अन्त्य नगर्ने ? भन्दै स्पष्टीकरण सोधेको हो।

निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई पूर्वाधार विकास कार्यालयले पटक –पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको भन्दै स्पष्टीकरण सोधिएको हो। पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीहरूलाई सम्झौता सर्त एवं प्रचलित कानून बमोजिम ठेक्का अन्त्य किन नगर्ने ? भन्दै ७ दिन भित्र अन्तिम स्पष्टीकरणको जवाफ पेस गर्न सूचना प्रकाशित गरेको छ।

पूर्वाधार कार्यालयले निर्माण कार्य अलपत्र पार्ने र कार्यालयको आदेशलाई आल–टाल गर्ने तथा जनतालाई अनावश्यक दुःख दिने निर्माण कम्पनीहरूलाई ठेक्का रद्द गर्ने चेतावनी दिइएको हो। पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले चन्द ग्रुप एण्ड सप्लायर्स प्रालि, एम डि ग्रुप महेन्द्रनगर, शुभम् कन्सट्रक्सन लालझाडी, महाकाली कन्सट्रक्सन कम्पनी भीमदत्त–४, एसएन निर्माण तथा परामर्श सेवा, नागार्जुन निर्माण सेवा, राधा भानु निमार्ण सेवा, मछान–बाशुलिङ्ग जेभि महेन्द्रनगर, गणपति कन्सट्रक्सन र आरपी कन्सट्रक्सन, भीमदत्त–५ गरेर अन्तिम पटकका लागि ताकेता गरेको हो।

सूचना प्रकाशित भएको दिनदेखि ७ दिन भित्र निर्माण कार्य सुचारु नगरे वा ७ दिन भित्र कार्यालयमा स्पष्टीकरण पेश नगरे ठेक्का सम्झौता सर्त, सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली र प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन कार्यालय बाध्य हुने समेत सूचनामा उल्लेख गरिएको छ।


२६ चैत २०८१, मंगलवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु