punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामको रामारोशनमा पूर्वाधार निर्माण गर्न ६३ लाख बजेट

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले झिङ्गले तालदेखि रोशन मैदानसम्म गोरेटो बाटो निर्माणका लागि २५ लाख बजेट विनियोजन गरेको छ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले तीन लाख रुपैयाँ हेलिप्याड निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ।

अछामको रामारोशन क्षेत्रमा कालिकाको मन्दिर निर्माणका लागि १० लाख बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले चाँकाडाँडासम्म बाटो निर्माणका लागि थप १५ लाख बजेट विनियोजन गरेको छ। ताल सरसफाइका लागिसमेत बजेट विनियोजन गरिएको छ।

रामारोशन क्षेत्र विकास समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले ताल क्षेत्रको विकासका लागि ६३ लाख बजेट रहेको बताए। तर, हालसम्म रामारोशन ताल क्षेत्रका योजनाहरू कार्यान्वयनको चरणमा समेत गएका छैनन्। उनले भने, गोरेटो बाटो, ताल सरसफाइ, प्रतीक्षालय, हेलिप्याड निर्माणका योजनाहरू छन्। समितिले पूर्णता पाएको छैन। तर, मन्त्रालयले काम सुरुवात गर्न भनेको छ। मन्त्रीले पनि राजीनामा दिनु भएको छ।’

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा रामारोशन ताल क्षेत्रमा पूर्वाधार निर्माण, मर्मत तथा सरसफाइका लागि ६३ लाख बजेट विनियोजन गरेको हो। तर, रामारोशन क्षेत्र विकास समितिले पूर्णता पाएको छैन। रामारोशन क्षेत्र विकास समितका कार्यकारी अधिकृत पठाउदा नै पर्यटन मन्त्रीबाट लक्ष्मण किशोर चौधरीले राजीनामा दिनु परेपछि झन समस्या भएको छ। प्रदेश सरकारले पठाएको कार्यकारी अधिकृतलाई आर्थिक अधिकार दिइएको छैन।

रामारोशन क्षेत्रमा पर्यटकीय पूर्वाधारहरू निर्माणका लागि बजेट विनियोजन गरिएको हो। अछामका प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालयका प्रमुख, रामारोशन गाउँपालिकाका अध्यक्ष र लेखापालसम्म प्रदेश सरकारले पठाएको कार्यकारी अधिकृतले बजेट कार्यान्वयनको विषयमा छलफल भने थालेका छन्।

पर्यटन मन्त्रालयबाट कार्यकारी अधिकृतले आर्थिक अधिकार माग्ने र योजना कार्यान्वयन गर्ने तयारी गरिएको हो। उनले भने, ‘छलफलमा छु। तर, २५ लाखको बजेट ठेक्का गर्नुपर्ने हुन्छ। भोलि प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालयका प्रमुख, गाउँपालिकाका अध्यक्ष र लेखापालसँग छलफल गर्दैछु।’

रामारोशन क्षेत्रसम्म सडक सञ्जाल पुगेको छ। तर, रामे मैदानदेखि ताल क्षेत्र र रोशन मैदानसम्म पैदल हिड्नु पर्छ। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुला-ठुला चउर छन।


२५ चैत २०८१, सोमवार ०६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु