punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा मुङखेती परीक्षण

Chaupati
safha napa

बझाङ। कृषि प्राविधिकहरूका अनुसार मुङ न्यानो हावापानी सहने बाली हो।

यसको वृद्धि विकास र राम्रो उत्पादन लिन औसत तापक्रम २७ देखि ३५ डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ। सामान्यतया तराईमा उत्पादन हुने मुङखेती यहाँ पनि परीक्षण गरिएको छ। कोसेबालीअन्तर्गत पर्ने मुङ र वसन्ते मकैखेती केदारस्यूँ गाउँपालिकाको झोतामा सुरु गरिएको छ। समुन्द्री सतहबाट ९५० मिटरको उचाइमा अवस्थित झोतामा पहिलोपटक ‘सिड प्लान्टर’मार्फत बीउ रोपिएको हो।

गाउँपालिकाले ६५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर मुङ र वसन्ते मकै रोपेको गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीले बताइन्। उनले मुङखेतीबाट आम्दानी मात्रै नभई जमिन सप्रिने आशा गरेको बताइन्। खेतीले उर्वरा बढ्ने, आम्दानी हुने र स्वास्थ्यलाई फाइदा पुग्ने अपेक्षासहित मुङखेतीको परीक्षण गरिएको उनको भनाइ छ। जिल्लाका लागि नयाँ बाली भएकाले पनि परीक्षण सफल भएमा क्षेत्र विस्तार गर्ने तयारी गरिएको छ।

नयाँ बाली र धेरै फाइदा हुने आशामा कृषकहरू मुङखेतीतर्फ उत्साहित भएको कृषि ज्ञान केन्द्र प्रमुख खेमराज पनेरुले बताए। उनले भने, “माटोको उर्वरा बढ्ने र आम्दानीको गतिलो माध्यम बन्न सक्ने हुँदा कृषकहरू उत्साहित भएका हुन्।” पनेरुका अनुसार हातले नै रोप्दा गहिरो हुन सक्ने भएकाले सिड प्लान्टरमार्फत रोपिएको हो।

मुङको बीउ ४–५ सेन्टिमिटर गहिरो रोप्दा बीउको उमारशक्ति राम्रो हुने गर्छ। यदि माथिलो भाग सुक्खा छभने बीउ रोप्न थोरै गहिरो बढाउन सकिने र धेरै गहिरो भयो भने पनि उमारशक्ति राम्रो नहुने प्रमुख पनेरु बताउछन्। उनले बीउ रोप्नुअघि नाइट्रोजन, फस्फोरस र पोटास छर्कंदा उमारशक्ति राम्रो हुने बताए। त्यसका लागि झोतामा गँड्यौला मल र पिनाको मल प्रयोग गरिएको उनले बताए। प्रशस्त प्राङ्गारिक पदार्थयुक्त बलौटे वा चिम्टाइलो दोमट माटोमा मुङको उत्पादन राम्रो मानिने हुँदा उपयुक्त ठाउँ झोता छनोट गरिएको उनको भनाइ छ।

मुङले मानव शरीरलाई आवश्यक तत्व पर्याप्त मात्रामा पाइने बताइन्छ। कृषि ज्ञान केन्दका कृषि प्राविधिक जनक सिंहले कृषक उत्साहित हुँदैमा सबैलाई एकैपटक बीउ बाँड्न नसकिने र परीक्षण सफल भएपछि मात्रै ठाउँ हेरेर यस खेतीतर्फ आकर्षित गरिने बताए।

उनले भने, “मुङको दालबाट भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘के’ सँगै सोडियम, फलाम, क्याल्सियम, फस्फोरस, पोटासियम पनि प्रशस्तै मात्रामा पाउन सकिन्छ।” मुङको बोटमा भएको सूक्ष्म जीवाणुले वायुमण्डलमा भएको नाइट्रोजन सञ्चित गरी बिरुवालाई नियमित रूपमा नाइट्रोजन उपलब्ध गराउने हुँदा पनि यो बाली बझाङमा अपरिहार्य भएको उनले बताए।

मुङको नलबाट प्राप्त हुने मलले धानको उत्पादनसमेत बढ्ने कृषि प्राविधिक सिंह बताउछन्। केदारस्यूँ गाउँपालिकाले सुरुआत गरेको मुङ उत्पादन परीक्षण कार्यक्रममा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम र कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ।रासस

२५ चैत २०८१, सोमवार ०६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु