punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिंहदरबारमा शीर्ष तीन नेताको बैठक बस्दै

Chaupati
safha napa

काठमाडौँ । आज तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरूबीच बैठक बस्दैछ। अपराह्न ४ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनेछन्।

आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। बैठकमा नेताहरूले देशको राजनीतिक परिस्थितिलाई प्रभाव पार्ने मुद्दाहरूमा छलफल गर्नेछन्। पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेसंगै आज बस्ने बैठकलाई महत्त्वपूर्ण मानिएको छ। तीनै नेताले पूर्वराजाको सक्रियताको अलगअलग आलोचना गर्दै आएका छन्।

उनीहरूले गणतान्त्रिक व्यवस्थाविरुद्ध कुनै पनि प्रयास नगर्न चेतावनी दिँदै अहिलेको व्यवस्थामा टेकेर राजनीति गर्न सुझाव दिएका छन्। यो विषयमा आज साझा सहमति खोज्ने अपेक्षा छ।

साथै, लामो समयदेखि चर्चामा रहेको संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूको गठन र कार्यान्वयनबारे पनि बैठकमा छलफल हुने बताइएको छ।


११ चैत २०८१, सोमवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु