punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विवाहको उमेर घटाउँदा हुन्छ: गृहमन्त्री लेखक

Chaupati
safha napa

काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले विवाहको उमेर घटाउन प्रस्ताव गरेका छन्। आइतबार प्रतिनि सभाअन्तर्गत कानुन समितिको बैठकमा गृहमन्त्री लेखकले विवाहको उमेर घटाउन सकिने बताएका हुन्।

‘मलाईचाहिँ विवाहको उमेर घटाएर जाँदा पनि हुन्छ जस्तो लाग्छ,’ उनले भने। उनले बालबालिकासम्बन्धी ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको जानकारी पनि संसदीय समितिमा दिए।

उनले मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलकै क्रममा रहेको उल्लेख गर्दै भने, ‘यो लेख्ने, त्यो लेख्ने भन्ने छलफल भएको छैन।’ अहिले कानुनमा विवाहका लागि योग्य उमेर २० वर्ष तोकिएको छ। बैठकमा सांसदहरूले विवाहको उमेर घटाउनुपर्ने धारणा राखेका थिए।


१० चैत २०८१, आइतवार १६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु