प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बाेधन गर्ने
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयकाे दिक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आउन लागेका हुन् ।
हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरकाे महेन्द्रनगरमा हुने दिक्षान्त समारोहलाई सम्बाेधन गर्नेछन् ।
त्यसपछि धनगढी पुगेर प्रदेश सभाकाे बैठकलाई पनि सम्बाेधन गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री सम्बाेधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
त्यसपछि भने धनगढी उपमहानगरपालिका-८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
२५ फागुन २०८१, आइतवार ०९:११ बजे प्रकाशित













