punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशमा ८८।४ प्रतिशत किशोरीले आफ्नो विवाहको उमेर आफै तोक्ने गरे

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशमा ८८।४ प्रतिशत किशोरीले आफ्नो विवाहको उमेर आफै तोक्ने गरेको पाइएको जनाइएको छ । महिला सशक्तीकरणका लागि विभिन्न नीति, नियम बने पनि कार्यान्वयनको पाटो फितलो रहेको यादवको बुझाइ छ । त्यस्तै  कार्यक्रममा लैङ्गिक समानता प्रवर्द्धन र हानिकारक अभ्यासहरूलाई चुनौती दिन मिडियाको महत्वका विषयमा युरोपेली संघका तर्फबाट वरिष्ठ कार्यक्रम प्रबन्धक शिव भण्डारीले प्रकाश पारेका थिए।

यसैगरी,सुदूरपश्चिम प्रदेशका ४० प्रतिशत महिला श्रम बजार बाहिर रहेको एक कार्यक्रममा बताइएको छ । धनगढीमा आज आयोजित मिडियासँगको अन्तरक्रिया कार्यक्रममा प्रदेशमा ठुलो सङ्ख्यामा महिला श्रम बजार बाहिर रहेको बताइएको हो ।

घरायसी कामका कारण महिला श्रम बजारमा आउन नसकेको सशक्त महिला समृद्ध नेपालका कार्यक्रम संयोजक सङ्गीता यादवले बताइन् । उनका अनुसार यो प्रदेशमा २६।४ प्रतिशत १५ देखि वा सोभन्दा बढी उमेर समूहका महिलाले कुनै न कुनै हिँसा भोगिरहेका छन् ।

यसका साथै सशक्त महिला समृद्ध नेपाल, संयुक्त कार्यक्रम समन्वय इकाईकी कार्यक्रम संयोजक संगीता यादवले कार्यक्रमको लक्ष्य र अपेक्षित परिणामहरू, अहिलेसम्मका उपलब्धिहरू, २०२५ का मुख्य प्राथमिकताहरू र सहकार्यका सम्भावित क्षेत्रहरू तथा कार्यक्रमको वकालत प्रयासलाई समर्थन गर्न मिडियाको भूमिकाका बारेमा चर्चा गरेकी थिइन्।

लैङ्गिक समानता प्रवर्द्धनमा मिडियाको महत्वपूर्ण भूमिकाका बारेमा अरविन्दप्रसाद लेखकले कार्यक्रममा प्रकाश पारेका थिए। लैंगिकतामा आधारित हिंसाको रोकथाम, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरण, लैंगिक उत्तरदायी शासन र सामाजिकसँगै आर्थिक रुपमा सबल बनाउने उद्देश्यले ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुदूरपश्चिम प्रदेशमा सुरु भएको थियो।

कार्यक्रममा बोल्ने महिला पत्रकारहरूले क्षमतावान भएर काम गर्नका लागि गाह्रो नै हुने गरेको बताए। घरपरिवारबाट समेत त्यति धेरै सहयोग नपाएको उनीहरूको भनाइ थियो। यद्यपि पछिल्लो समयमा धेरै ठाउँमा महिलाहरूले नेतृत्व गरिरहेको उनीहरूले बताए। महिलाहरूलाई श्रम बजारमा ल्याउन जरुरी रहेको बताए।

महिला सशक्तिकरणका कुरा उठाइरहँदा महिलाहरूलाई राज्यमन्त्री, उपप्रमुखरउपाध्यक्षमा सीमित गरेको पनि कार्यक्रमका सहभागीहरूको तर्क थियो।
सुदूरपश्चिमका १० वटा स्थानीय तहमा परियोजना लागू छ । जसअन्तर्गत कैलालीका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र चुरे गाउँपालिका, डोटीको जोरायल गाउँपालिका र दिपायल सिलगढी नगरपालिका, बझाङका दुर्गाथली, मष्टा र खप्तडछान्ना गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका र कञ्चनपुरको बेलौरी नगरपालिकामा कार्यक्रम लागू छ। अन्तरक्रिया कार्यक्रम कार्यक्रममा कैलालीका पत्रकारहरूको सहभागिता रहेको थियो।


२३ फागुन २०८१, शुक्रवार १९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु