punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १४२ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

वीरगञ्ज साउन २३ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा १ सय २१ जना पुरूष र २१ जना महिला रहेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए । उनकाअनुसार संक्रमित हुनेमा १५ वर्षका देखि ७९ वर्षसम्म रहेका छन् ।

बिहान संक्रमण पुष्टि भएका १ सय ४२ जना सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन् । वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका ५ जना नेपाली सेना र ५ जना डाक्टर रहेका छन् ।

त्यसैगरी संक्रमितहरु बीरगन्ज महानगरपालिकाको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया, प्रतिमा चौक, पृथ्वीनगर, गणेश चौक, आदर्शनगर, अलौं, फुलबारी टोल, अशोक वाटिका, भवानीपुर, चण्डाल चौक टोलबाट नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै श्रीसिया खल्वाटोलाबाट २२ जना संक्रमित थपिएका छन् ।

बारा जिल्ला परवानीपुर लिपनी वडा नम्बर ३ का २८ बर्षका १ जना पुरुष, बारा जिल्ला जितपुर वडा नम्बर ७ का ३५ वर्षका १ जना महिला, रौतहट जिल्ला इशनाथ वडा नम्बर २ लक्षमनिया का २३ वर्षका १ जना पुरुष र २४,५० बर्षकी २ जना महिला छन भने रौतहट जिल्लाकै गौर नगरपालिका वडा नम्बर २ का १ जना ३० वर्षका पुरुष रहेका छन् ।


२३ साउन २०७७, शुक्रवार ०५:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु