punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा २० दिनमा यति धेरै कोरोना सङ्क्रमित थपिए, अमेरिकालाई पनि पछि पार्यो

Chaupati
safha napa

काठमाडौं, साउन २३ । भारतमा २० दिनको अवधिमा १० लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो। अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो। भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ।

सङ्क्रमितहरूको सङ्ख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ। विगत २४ घण्टामा त्यहाँ ६२,१७० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यससँगै सङ्क्रमितहरूको कुल सङ्ख्या २०,२५,४०९ पुगेको छ। तीमध्ये ४०,७०० जनाको मृत्यु भएको छ।

विश्वभरि कोभिड(१९ का कारण मृत्यु हुने देशमध्ये भारत शीर्षस्थ पाँचौँ स्थानमा छ। देशको १।३ अर्ब जनसङ्ख्यासँग तुलना गर्दा मृतकको सङ्ख्या धेरै नभएको केही विज्ञहरूको तर्क छ।

तर विभिन्न कारणले कोभिड(१९ सँग सम्बन्धित मृत्युको सङ्ख्या कम देखाइएको सरकारलाई आरोप लागेको छ।

दुई महिनासम्म लगाइएको प्रतिबन्धात्मक व्यवस्था जुन महिनाको सुरुतिर अन्त्य गर्दै भारतमा अर्थतन्त्र क्रमिक रूपमा चलायमान बनाउँदै लगिएको छ।
भर्खरै व्यायामशालाहरू पुनः खुलेका छन्।


२३ साउन २०७७, शुक्रवार ०५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु