punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढी—पहिरोको विपत्तिबारे छलफल गर्न गृहमन्त्रीले बोलाए बैठक

Chaupati
safha napa

धनगढी । देशभर बाढी—पहिरोले विपत्ति निम्त्याएपछि गृहमन्त्री रमेश लेखकले उद्धार राहतका लागि छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।

बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायत विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। बैठक शनिबार १०ः३० बजे सिंहदरवारस्थित गृह मन्त्रालयमा बस्नेछ।

उनले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा, बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गरेका छन्।

 


१२ असोज २०८१, शनिवार १०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु