punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१२ जिल्लामा बाढी—पहिरोको विपत्ति, ९ जनाको मृत्यु

Chaupati
safha napa

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले विपत्ति निम्त्याएको छ। शुक्रबार साँझदेखि शनिबार बिहान पौने दस बजेसम्म १२ जिल्लामा बाढी—पहिरोले क्षती पुर्‍याएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बाढी पहिरोमा परी ९ जनाले जनाको मृत्यु भएको छ। हालसम्म १० जना बेपत्ता रहेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार पाँचथरमा दुई, धनकुटामा दुई, झापामा एक, ललितपुरमा एक, काभ्रेमा तीन जनाको मृत्यु भएको हो। झापमा एक जनालाई बाढीले बगाएको हो भने बाँकी पहिरोमा परेर मृत्यु भएको हो।

त्यस्तै बेपत्ता हुनेमा ललिपुरमा पहिरोमा परेका छ जना, धादिङमा खोलाले बगाएर एक, काठमाडौंमा बाढीले बगाएर एक, धनकुटामा दुई जना सम्पर्कविहीन भएको सशस्त्रको तथ्यांक छ।

अहिलेसम्म १६२ घरमा भौतिकरूपमा क्षति पुर्‍याएको छ भने ६ सय १९ जनालाई सशस्त्रले उद्धार गरेको छ। उद्धारका लागि १ हजार ९८ जना सशस्त्र खटिएका छन्।

 


१२ असोज २०८१, शनिवार १०:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु