punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेकर्ड राखेर सामान्य घट्यो सुनको मूल्य

Chaupati
safha napa

काठमाडौं । नेपाली बजारमा बुधबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य आज (बिहीबार) भने सामान्य घटेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य हिजो हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।


६ भदौ २०८१, बिहीवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु