punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्छ : वामदेव

Chaupati
safha napa

राष्ट्रियसभा सदस्य वामदेव गौतमले संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्ने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रर्वद्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलका क्रममा सांसद गौतमले संविधानले नै दलित भनेको भन्दै संशोधनमार्फत हटाउनुपर्नेमा जोड दिए।

उनले कसैले पनि भेदभाव गरे उनीहरूमाथि कारबाही हुनुपर्ने बताए। उनले सदाचार नीति विद्यालय, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका लागि पनि जारी गर्नुपर्ने बताए। उनले नेपाल र नेपाली जनतालाई साँच्चिकै माथि उठाउन र सांस्कृतिक रुपले उन्नत, सभ्य बनाउन चाहेको भए परिवारका लागि पनि सदाचार नीति जारी गर्नुपर्ने बताए।

उनले भने, ‘हाम्रो संविधानले नै दलित भनेर भनेको छ। मेरो मान्यता दलित भन्न हुन्नथ्यो। संशोधन गरेर हटाइदिनुपर्छ। कसैले पनि भेदभाव गरे भने उनीहरुमाथि कारबाही हुनुपर्छ। कसैले पनि त्यस्तो किसिमको व्यवहार गरे भने दलित सम्बन्धी आज भन्दा अघि जे गर्दथे। त्यस्तो गरे भने जसले गरेको छ, उसमाथि कारबाही हुनुपर्छ। यस्तो सबै किटान गर्नुपर्छ र सदाचार नीति, स्कुल, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, के हो सदाचार नीति त्यो जारी गर्नुपर्छ।’

सांसद गौतमले सदाचार नीतिअनुसार नचल्नेलाई कारबाही गर्नुपर्ने बताए।

 


३० साउन २०८१, बुधवार १४:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु