डडेल्धुराको रातो गुँरास रिसोर्टका संस्थापक जोशीको निधन

डडेल्धुराको अमरगढी नगरपालिकामा अवस्थित रातो गुँरास रिसोर्टका सञ्चालक प्रमोद जोशीको निधन भएको छ । ५३ वर्षको उमेरमा उनको भारतको सिक्किममा निधन भएको परिवारिक स्रोतले बताएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटर घर भएका उनी विद्यापरिधी गरेपछि पछिल्लो समय सिक्किममै काम गर्दै आएका थिए । हिजो कार्यालयका लागि जानेबेला उनलाई ह्रदयघात भएको बताइएको छ । उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको बताइएको छ ।

इञ्जिनियरसमेत रहेका उनले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणमा काम गरेका थिए । त्यस्तै गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि उनले काम गरिसकेका थिए ।

एक दशकअघि उनले सदरमुकामकै कुकुलेकमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका थिए । हाल उक्त रातो गुँरास रिसोर्टमा उनको १५ प्रतिशत शेयर रहेको थियो ।

 


३० साउन २०८१, बुधवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु