punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ। तत्कालीन विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले साउन ८ गते विषेश अधिवेशन आह्वान गरेका थिए।

कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठित प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले राति १२ बजेदेखि लागू हुने गरी  अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

अधिवेशन अन्त्यसँगै सरकारलाई अध्यादेशमार्फत चालु आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याउन सक्ने बाटो खुलेको छ। गएको असार १ गते तत्कालीन सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल गर्न गरिएको ढिलाइले उक्त बजेट पारित हुन सकेको थिएन।

सत्ता समीकरण फेरिएसँगै असार २३ गते नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रस्तुत उक्त बजेट पारित हुन नसकेर अलपत्र परेको थियो। जसका कारण साउन १ गतेदेखि प्रदेश सरकार मातहतका निकायको राजस्व संकलन र खर्च गर्ने कार्य ठप्प छ।


२३ साउन २०८१, बुधवार २२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु