punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बच्चालाई औषधि किन्न गएकी महिला अजिङ्गरको शिकार, पेट चिरेर निकालियो

Chaupati
safha napa

माकासर । मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ ।

आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता हुनुभएको र खोजी गर्ने क्रममा उहाँलाई अजिङ्गरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।

घटनाबारे गाउँ सचिव इयाङलेले भन्नुभयो, “उहाँका श्रीमान् आदियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला पार्नुभएको, त्यसको केही समयपछि उहाँले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिङ्गर देख्नुभएको र उसको पेट धेरै ठुलो देखेपछि आदियान्सालाई शङ्का लागेर गाउँलेहरूको सहयोगमा अजिङ्गरको पेट चिर्नुभएको थियो । पेटभित्र उनीहरूले मृतक सिरियाटीको शव फेला पारेका हुन् ।”

गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा जालीदार अजिङ्गरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन्। गत वर्ष प्रान्तका बासिन्दाहरूले एकजना किसानको घाँटी दबाएर खादै गरेको अवस्थामा आठ मिटर लामो अजिङ्गरलाई मारेका थिए ।

सन् २०१८ मा दक्षिणपूर्वी सुलावेसीको मुना सहरमा सात मिटर अग्लो अजिङ्गरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन् ।


१९ असार २०८१, बुधवार १९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु