सुनको मूल्य आज झन ह्वात्तै बढ्यो
धनगढीं, साउन १२ । बजारमा आज सुनको मूल्य झन ह्वात्तै बढेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि एकै दिन तोलामा ५५ रुपैयाँ रुपैयाँ बढ्दै प्रतितोला १२ सय १० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
१२ साउन २०७७, सोमवार ०५:५८ बजे प्रकाशित





























