punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोहना–अत्तरिया सडकमा आकाशे पुल पनि बन्ने, यी हुन् सम्भावित ठाउँ

Chaupati
safha napa

धनगढी, साउन १२ । मोहना अत्तरिया छ लेन सडकमा आकाशे पुल पनि बन्ने भएको छ । मोहना अत्तरिया सडक आयोजना धनगढीले आकाशे पुल निर्माणका लागि कार्यक्रमसमेत बनाइसकेको जनाएको छ ।

आयोजना प्रमुख ईन्जिनियर होमबहादुर एसीले पुल बन्ने निश्चित भएपनि कुन ठाउँमा बन्छ भन्ने अहिलेनै निश्चित नभइसकेको बताए । सडकअन्तर्गत बढी चाप भएको स्थानमा पुल निर्माण हुने उनले बताए । ‘सडकको काम सकिएपछि पुल निर्माणको काम हुन्छ,’ उनले भने, ‘त्यसका लागि हामीले विभागलाई आग्रह गरेर कार्यक्रमसमेत राखिसकेका छौं ।’

उनकाअनुसार अब विभागको टोली आएर कुन–कुन ठाउँमा आकाशे पुल आवश्यक छ भनेर हेर्नेछ भने साही आधारमा आकाशे पुलको डिजाइन बनाउनेछ । आयोजना प्रमुख एसीकाअनुसार अहिले छ लेन सडक अन्तर्गत तत्कालका लागि तीनवटा ठाउँमा आकाशे पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ।

उनकाअनुसार यहाँको सवारी चापलाई हेरेर आकाशे पुलको आवश्यकता धनगढीको चौराह, शहिद गेट र अत्तरियामा रहेको छ । उनले सकेसम्म यही तीन ठाउँमा नै आकाशे पुल निर्माण हुनसक्ने बताए । ‘आकाशे पुल कहाँ बन्छ भनेर निश्चित त बनेको छैन,’ उनले भने, ‘अत्तरिया, धनगढीको चौराह र चटकपुरको शहिद गेट क्षेत्रमा मात्रै आकाशे पुल बनेमा अहिललाई पर्याप्त हुन्छ ।’

उनले कोरोना महामारीका कारण सुस्त बनेको सडक निर्माणको काम अब तीब्र रुपमा अगाडि बढ्नेछ । उनकाअनुसार अहिलेसम्म सडक निर्माणको काम ६५ प्रतिशतसम्म पूरा भएको छ । अहिले सडक पीचको काम भइरहेको छ । सडक आयोजनाका विभिन्न तीनवटा प्याकेजमध्ये कुनैपछि ठाउँमा पीचको काम सकिएको छैन ।

पीचको अन्तिम चरणको काम पनि भएको छैन । अहिले सबैभन्दा बढी पीच भएका ठाउँमा पनि चार सेन्टिमटर थप कालोपत्रे गरिनेछ । जसले गर्दा सडक थप बलियो र आकर्षक देखिने आयोजना प्रमुख एसीले बताए । उनकाअनुसार सडक पीच गर्ने कामसंगै दुई ठाउँमा बन्ने पुलको स्टमेट पनि तयार भएको छ । सुनी खोला र मनहरा खोलामा बन्ने पुलको स्टमेट तयार भएर अब टेण्डर आह्वान गर्ने तयारी गरिएको छ । मोहनामा भने तत्कालका लागि पुल निर्माण नहुने भएको छ ।

भारततर्फ गौरीफन्टाको सडक चौडाई नभएका कारण मोहनामा पुल नबन्ने आयोजनाले जनाएको छ । कञ्चनपुर क्षेत्रमा रहेको हुलाकी सडक पनि दशगजा क्षेत्रमा परेका कारण त्यही ठाउँमा चौडाई नहुने देखिएको छ ।


१२ साउन २०७७, सोमवार ०५:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु