punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध

Chaupati
safha napa

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाएको छ ।

उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक–पटक दोहो¥याएको जनाउँदै प्राधिकरणले केही दिनअघि क्याप्टेन लामा र क्याप्टेन भावना पन्तलाई उडानमा प्रतिबन्ध लगाएको हो ।

लगत्तै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो।

छानबिन समितिले क्याप्टेन भावना पन्तलाई कारबाही गर्नु नपर्ने देखिएपछि उनको उडान प्रतिबन्ध फकुवा गरिएको छ भने लामाको विषयमा छानविन जारी रहेको प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले बताए ।


३० जेठ २०८१, बुधवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु