punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नर्सिङ होमका चार जना स्टाफ नर्सलाई कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

विराटनगर, साउन १२ । विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल प्रालिमा कार्यरत चार जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। नर्समा कोरोना रिपोर्ट पोजेटिभ देखिएसँगै नर्सिङ होममा आवद्ध संक्रमितको संख्या पाँच पुगेको छ।

६५ वर्षीय चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको थियो।

पहिलो चरणमा परीक्षण गरिएका ५८ जना मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। ५४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी उनले दिए।

आइतबार पोजेटिभ रिपोर्ट आएकाहरुमा क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन्। संक्रमित मध्ये एकजना कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्। उनी विराट नर्सिङहोममा पनि आंशिक रुपमा कार्यरत रहेको जनाइएको छ। संक्रमित स्वास्थ्यकर्मी विराटनगर ५ र १० नम्बर वडाका हुन्।

एक जनाको ठेगाना धरान रहेको र एक जना कोसी अस्पतालमै बस्ने गरेको महानगरपालिकाका फोकल पर्सन हैदर अलीले जानकारी दिए। अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्नु पर्ने माग गरेका छन्।

कर्मचारी र स्वास्थ्यकर्मी गरेर अस्पतालमा लगभग तीन सयको हाराहारीमा कार्यरत रहेको जनाइएको छ। अस्पताल बिहीबारबाट अनिश्चित कालका लागि सिल गरिएको छ।

 


१२ साउन २०७७, सोमवार ०४:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु