punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१२ वर्षीया बालिकासँग चोरी विहे, देवर–भाउजू पक्राउ

Chaupati
safha napa

कालिकोट, साउन १२ । कालिकोटमा १२ वर्षीया बालिकासंग चोरी विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले बालबिबाह मुद्धामा देवर भाउजूलाई पक्राउ गरेको छ।

जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ६ का २० वर्षीय दिनेश विक र उनकी भाउजु ३० वर्षीय तारा विकलाई प्रहरीले पक्राउ गरेको हो।
नरहरीनाथ गाँउपालिका –६ का २० दिनेशले भाउजू तारा विकको सहयोगमा खाँडाचक्र नगरपालिका– २ की १२ वर्षीया बालिकालाई चोरी विवाह गरेको आरोप छ ।

वनमा गाई चराउन गएकी बालिकालाई दिनेशकी भाउजू ताराले ललाइफकाइ गरी ल्याएर देवर दिनेशसँग विवाह गराइदिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए। बालिकालाई यही साउन ८ गते भगाइएको थियो।

प्रहरीलाई १० गते जानकारी गराएपछि ११ गते दुवैलाई पक्राउ गरी मुद्धा दर्ता गरिएको डिएसपी ओलीयाले बताए। उनका अनुसार किशोरीलाई प्रहरीले आफन्तको जिम्मा लगाइएको छ।

बालिकाका बाबुले प्रहरीकहाँ जाहेरी दिएपछि प्रहरीले नरहरीनाथ गाँउपालिका वडा नं. ६ माल्कोट पुगेर दिनेश र उनकी भाउजु तारालाई पक्राउ गरी सदरमुकाम ल्याएको हो ।


१२ साउन २०७७, सोमवार ०५:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु