सुनको मूल्य आज ह्वात्तै घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुन आज तोलामा एक हजार आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
१० जेठ २०८१, बिहीवार १०:५७ बजे प्रकाशित































