punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ४२ हजार बढी, कुन देशमा कतिले गुमाए ज्यान ?

Chaupati
safha napa

काठमाडौं, साउन १० । कोरोना भाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ४२ हजार ६ सय ८८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितको संख्या १ करोड ५९ लाख ४० हजार ३ सय ८१ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ९७ लाख २३ हजार ९ सय ४९ जना उपचारपछि निको भएका छन् । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ४८ हजार ४ सय ९० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ४८ हजार ४ सय ९० पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ८५ हजार ३ सय ८५ पुगेको छ भने संक्रमितको संख्या २३ लाख ४८ हजार २ सय ०० पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार ४६ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ८ सय ४९ पुगेको छ ।


१० साउन २०७७, शनिवार ०४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु