punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्राफिक लाइटले सचिवको गाडी रोकिएपछि सिंहदरबारको मुल गेटको स्वरुप फेरियो

Chaupati
safha napa

काठमाडौं ९, साउन । बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको शिलसिलामा पुल्चोक जादैँ हुनुन्थ्यो । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुल गेट नजिकै बलेको रातो ट्राफिक लाइटले सहसचिव ज्ञवालीले ड्राइभ गरिरहेको गाडी टक्क रोकियो ।

त्यसैबेला ज्ञवालीका आँखा दैनिक दजर्नौ झण्डावाल र सेतो प्लेटका सवारीमा ओहोर–दोहोर गर्ने सिंहदरवारको कुरुप गेटमा ठोकिए । ‘गाडी मैले चलाइरहेको थिएँ । सचिवज्यु र म एउटै गाडीमा थियौँ । प्रधानमन्त्रीदेखि, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु दैनिक ओहोर–दोहोर गर्ने सिंहदरबारको मूल गेटनै झारले ढम्म ढाकेको र भूँईभरी लेउ देखेपछि मैले सचिवज्युलाई देखाउँदै भने–यहाँ सिंहदरबार प्रशासनको ध्यान नपुगे जस्तो छ ।

यो काठमाडौँ महानगरपालिकाले नै सफा गर्दा हुन्न,’ सहसचिव ज्ञवालीले सचिव अर्यालसँग भएको सम्वाद स्मरण गराउँदै भन्नुभयो, ‘सचिवज्युबाट सकारात्मक सन्देश प्राप्त भएपछि मैले नगर प्रहरी प्रमुख धनपति सापकोटालाई सचिवज्युको आदेश सुनाए । त्यसपछि उहाँसहितको टोली खटिएर महानगरपालिकाले सरसफाइ गरेको हो ।’

निर्देशन लगत्तै वातावरण व्यवस्थापन बिभागका करीब ४० जनशक्तिले सिंहदरबारको मुल गेट अगाडीको भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गर्ने काम गरे । सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइयो । त्यहाँ जेटको प्रयोग गरेर पखाल्ने काम भयो । त्यसपछि सिंहदरबारको मुलढोका एकैछिनमा सुन्दर देखियो ।

सामान्य भन्दा सामान्य कुरामा पनि कहिलेकाँही ध्यान नजाँदा सहरको सौदर्य विग्रिने गरेको ज्ञवालीको भनाई छ । ‘देशकै मुख्य प्रशासनिक केन्द्र प्रवेश गर्ने मुल ढोकामा पलाएको झार र भुइँमा देखिएको लेउ सफा गर्दा त्यहाँको स्वरुप नै फेरियो,’ उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले केही समय अघि सिंहदरबार नजिकै माइतिघर मण्डलामा ‘रात्रिकालिन सहरी सौदर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि ‘एलइडी कलर पाइप लाइट’ जडान गरेको थियो । त्यसपछि त्यहाँको सध्याकालिन दृष्य अहिले मनोमोहक देखिएको छ ।’

ज्ञवालीले सहरको सौदर्य बढाउने हो भने यस्ता सामान्य कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । ‘यो उदाहरण मात्रै हो,’ उहाँले भन्नुभयो, ‘काठमाडौंलाई बिश्वस्तरीय ठूला सहरजस्तै आकर्षक देखाउनका लागि आगामी दिनमा बढी चहलपहल हुने, सार्वजनिक स्थल, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचिमा सूचिकृत स्थानहरुमा पनि सरसफाई अभियानलाई निरन्तरता दिनुपर्छ । हामी निरन्तरता दिन तयार छौँ ।’


९ साउन २०७७, शुक्रवार ०८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु